दुहबीको जुट मिलमा आगलागी

धरान (सुनसरी), ६ मङ्सिरः सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४ः३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो ।” आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उहाँको भनाइ छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अहिलेसम्म जारी रहेको छ । आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाउँदै उहाँले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने उल्लेख गर्नुभयो । —









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया