सोमबार, मंसिर ८, २०८२

हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते

मेरोन्यूज २०८२ मंसिर ७ गते १०:४०

हुम्ला ।  सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।

भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिको छातीमा चिथोरेको जिल्ला अस्पताल हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

प्रतिक्रिया