कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

काठमाडौँ। कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।
कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उहाँलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो । उहाँले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताए।
यसरी भएको थियो घटना सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए ।
सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला प¥यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताए । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ, “उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस (हाल रत्ननगर–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।”
उनका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो । सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे ।
त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताउनुभयो । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् । उहाँका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए ।
दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए ।








NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया