हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी, । हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुईदिने हेमजा महोत्सव शनिबार सम्पन्न भएको छ ।
महोत्सवमा देशका विभिन्न स्थानबाट लेखक तथा साहित्यकारको सहभागितामा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित विविध साहित्यिक कार्यक्रम आयोजना गरिएका थिए । उनलाई हेमजाको लामाचौतारादेखि साझा चोक, नहरचोक, मिलनचोक हुँदै साहित्य महोत्सवस्थल ज्ञानसागर एकेडेमीसम्म रथमा घुमाएर अभिनन्दन गरिएको थियो ।
महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रङ्गमञ्च, आख्यान, महाकाव्य लेखन, गीत, गजल, लघुकथा, कविताका विविध पक्षमा चर्चा गरिएको थियो भने दोस्रो दिन कवि उपाध्यायको रथारोहण कार्यक्रम गरिएको थियो ।
महोत्सवका आकर्षण नवराज लम्साल, माधव वियोगी रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, रमेश शुभेच्छुकृष्ण उदासी, पुरु लम्सालप्राञ्जल, ज्ञानु अधिकारी, डा रजनी ढकाल र तीर्थ गुरुङलगायत थिए।
त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा कवि उपाध्यायले पुर्याउनुुभएको योगदानको कदरस्वरुप रथारोहण कार्यक्रम आयोजना गरिएको बताए ।
साहित्यकार उपाध्यायका मदन पुरस्कार प्राप्त वर्णनात्मक कविता सङ्ग्रह ‘प्राकृत पोखरा’लगायत दर्जनौँ कृति प्रकाशित छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया