टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा

काठमाडाैं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विन्टर ईभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प कार्यक्रम घोषणा गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षिततालाई थप सुदृढ बनाउन विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प ७ देखि १० डिसेम्बरसम्म चल्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार यस सर्भिस क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले व्यापक निःशुल्क सेवाहरू पाउनेछन्, जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वारिसङ, निःशुल्क कम्प्युटर डायग्रोसिस, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच र एक पूर्ण १० प्वाइन्ट चेकअप सेवा समावेश छन् ।
यसका अतिरिक्त सेवाग्राहीले जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १८ प्रतिशतसम्म छुटसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यस सर्भिस क्याम्पमार्फत ईभी एक्सचेन्ज सुविधासमेत उपलब्ध गराउने जनाएको छ ।









महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया