जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी

दमौली (तनहुँ)। जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो । विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो । यस पश्चात् केहीदिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध समेत भएको थियो । केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ ।
उनका अनुसार पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस÷प्रमाणीकरण सेवा प्रदान गरिएको छ । यस्तै चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताए।
तीन हजार नागरिकता वितरण, छ जनाद्वारा परित्याग यस्तै तीन महिनाका अवधिमा तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताए।
उनका अनुसार नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज (बाबुको आधारमा), पाँच जनालाई वंशज (आमाको आधारमा), तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ । नौ सय ३३ महिला र सात सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ । प्रतिलिपितर्फ वंशजका आधारमा नौ सय २० महिला र नौ सय ५७ पुरुष गरी एक हजार आठ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ ।
प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् । गत साउनमा एक हजार चार सय ७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उनले बताए। सोही अवधिमा एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ ।
अधिकारीका अनुसार नयाँ दर्तातर्फ एक सय ३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । यस्तै कार्यालयले एक हजार छ सय ५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण सङ्कलन गरेको छ । पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार पाँच सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।

















रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
HoR Election countdown: 359 polling stations labeled ‘Highly Sensitive’ in Karnali
अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया