सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।
राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।
सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्, तर दुवै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन् । प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए, जुन पछि राज्य सरकारले अद्यावधिक गर्दै मृतक सङ्ख्या ७९ पुगेको जनाएको थियो ।
सन् २०२३ को अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिएको तथा लाखौँ नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका निकायहरूले जनाएको छ, साथै पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा बढ्दै गएर नागरिक कष्ट झन् गहिरिँदो चेतावनीसमेत दिएको छ ।
















बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया