भारतमा पूर्व मन्त्रीकी प्रेमिकाले गरिन आत्म हत्या, सुसाइड नोट फेला

काठमाडौँ । भारतको मध्य प्रदेशका पूर्व वन मन्त्री तथा कांग्रेसका सांसद उमंग सिंघारकी प्रेमिकाले शाहपुरास्थित घरमा आत्महत्या गरेकी छन् । सिंघारकी प्रेमिका ३९ वर्षीय सोनिया भारद्वाजले आत्महत्या गरेकी हुन् ।
आत्म हत्या गर्नु पूर्व उनले एक ‘सुसाइड नोट’समेत छाडेकी छन् । प्रहरी अधिकृत राजेश सिंह भदौरियाका अनुसार उनीहरूको चाँडो विवाह हुने तयारी भएको थियो । तर, विवाह कहिले हुने भन्ने मिति यकिन हुन सकेको थिएन ।
सोनियाका आफन्तका अनुसार उनले तेस्रो विवाह गर्ने तयारी गरेकी थिइन । यसअघिको पतिसँग उनको सम्बन्ध विच्छेद भइसकेको थियो ।
प्रहरीले आत्म हत्याका बारेमा अनुसन्धान सुरू गरेको छ । यसका लागि आत्म हत्याको रिपोर्ट र सुसाइड नोटलाई आधार मान्ने भएको छ । प्रहरीले सोनियाको परिवारसँग समेत यस विषयमा कुराकानी गरिसकेको छ । उनी घरमा आमा र छोरासँगै बस्दै आएका थिए । एजेन्सी










दोहोरो अंकले बढ्याे सेयर बजार
च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया