यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन

बुटवल । यामाहा नेपालले बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । उक्त शोरूमको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ ।
यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गत यो शोरूम लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल उपस्थितिलाई थप सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ ।
उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल विशेष अतिथि थिए भने यामाहा मोटर इन्डिया सेल्स प्रालिका जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ । शोरूममा यामाहाको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) पूर्वाधार उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा प्रदान गर्नेछ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले गुणस्तरीय आफ्टर सेल्स सेवा सुनिश्चित गर्ने यामाहाको दाबी छ ।
‘ब्लु’ ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ भने ‘स्क्वायर’ ले ‘वन–स्टप खरिद केन्द्र’ को अवधारणालाई जनाउँछ । ब्लु स्क्वायर शोरूममा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज तथा राइडिङ गियरहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन् । आकर्षक र प्रिमियम रिटेल वातावरणले यामाहाको स्टाइल, प्रविधि र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ ।
उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै ब्लु स्क्वायरको अवधारणाले यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएलाई प्रतिनिधित्व गर्ने बताए । उनले ब्लु स्क्वायर शोरूमले बिक्री र सेवासँगै यामाहाले परिकल्पना गरेको जीवनशैलीसमेत प्रस्तुत गर्ने उल्लेख गरे ।
यामाहा मोटर इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगवाले ग्राहक सन्तुष्टिप्रति यामाहाको प्रतिबद्धता दोहोर्याउँदै बाइकर्ज बुटवलले यस क्षेत्रका यामाहा ग्राहकहरूलाई प्रिमियम अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्ड कायम राख्दै अघि बढ्ने बताए ।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पनि ग्राहक सन्तुष्टि अभिवृद्धि, ब्रान्ड पहिचान सुदृढीकरण तथा नेपालमा विश्वस्तरीय सेवा विस्तारका लागि यामाहाले गर्दै आएको प्रयासको प्रशंसा गरे । उनीहरूका अनुसार ब्लु स्क्वायर अवधारणा केवल रिटेल स्पेस मात्र नभई पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको जीवनशैलीसँग मेल खाने प्लेटफर्म हो ।

















इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
निर्वाचन आचारसंहिता उल्लङ्घनः आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया