शनिबार, पुष ५, २०८२

३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने

मेरोन्यूज २०८२ पुष ४ गते २०:४०

४ पुस, काठमाडौं । सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्ने भएकाे छ । साे क्रममा सरकारले चक्रीय कोषमार्फत बचत फिर्ता गर्दा रकम पाउने सहकारी पीडित बचतकर्ता करिब ३८ हजार छन् ।

सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रस्ताव सहित चक्रीय कोषको परिकल्पना गरेको छ । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसको परिचालन कार्यविधि मार्फत साना बचतकर्तालाई फिर्ता गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।

सोही अनुसार मन्त्रालयले कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमा अध्ययन क्रममा रहेको उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि साना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।

प्रतिक्रिया