सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पूरा गरेको छ । १७औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले एक कार्य कार्यक्रमको आयोजना गरी २३औँ बार्षिकोत्सव मनाएको हो ।
बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृतलगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाएको छ ।
सो अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको छ ।
उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया