नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघिका सांसद र मन्त्रीहरू सूचीमा नपर्ने
मेरोन्यूज
२०८२ पुष १४ गते १२:३९

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपतिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ ।
समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया