जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरेर गत भदौ महिनादेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को बम्पर उपहार विजेता घोषणा गरेको छ ।
कम्पनीका ब्रान्ड एम्बासडर पारस खड्काको उपस्थितिमा एक कार्यक्रमबीच लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो ।
कम्पनीका अनुसार, बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन् । यसका साथै अन्य ग्राहकहरूले पनि विभिन्न उपहारहरू प्राप्त गर्न सफल भएको जनाइएको छ । जसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडीसहित जम्मा एक हजार ८२ जनाले विभिन्न उपहारहरू जित्न सफल भएको कम्पनीले जनाएको छ ।
तीन महिनासम्म सञ्चालन भएको उक्त उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गरेका नेपालभरका दुई हजार ६४७ भन्दा बढी ग्राहकहरू समावेश भएका थिए । ग्राहकहरूलाई ७५ हजार रुपैयाँबराबरको जस्मिन पेन्ट्सका उत्पादनहरूको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो । ग्राहकहरूको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया