विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर। नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् । आज भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उनले प्रत्येक विद्यार्थीमा देशप्रेमको भावना जगाउन आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष विजुक्छेँले भने, “शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्छन्, पुँजीवादी शक्तिहरू विभिन्न शैलीमा अगाडि बढिरहेका छन् । आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुँदैन, यसैले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिन आवश्यक छ ।”
नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएसम्म शिक्षा महँगो हुने बताउँदै उनले विद्यार्थीलाई कामदारका रूपमा बाहिर मुलुकमा जान बाध्य पर्ने शिक्षा प्रणालीमा रुपान्तरणको आवश्यकता औँल्याए । कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने प्रयास भइरहेको बताए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया