बुधबार, पुष १६, २०८२

झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड

मेरोन्यूज २०८२ पुष १६ गते ९:०८

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुलेको छ ।

ग्याँस बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।

क्रेनको सहायताले ग्यास बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला जनाइएकाे छ ।

दुर्घटनापछि ग्यास चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ । ग्यास बुलेट भने सडकको किनारमा राखिएको छ ।

प्रतिक्रिया