क्रिकेटर शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका उदाउँदो सुपरस्टार शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा रूपमा आवद्ध भएका छन्।
आइतबार क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच औपचारिक सम्झौता भएको हो ।
नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (NPL) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्। बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।
गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौं ।’ गौतमले भने ।
गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया