कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्ने, हुलहुज्जत गर्ने र पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने जस्ता गैरकानुनी कार्य भएको भन्दै भर्त्सना गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जारी गरेकाे विज्ञप्तिमा बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा हुने यस्ता उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।
यस्ता घटनाले बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको बैंकले जनाएको छ।
बैंकले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न र बैंक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
प्रतिक्रिया