वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा

काठ्माडाैका मेयर वालेन्द्र शाहले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट प्रतिनिधि सभा सदस्यमा सामाजिक अभियन्ता आशिका तामाङले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
शुक्रबार उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी थिइन्। उनले १५ हजार २३८ मत पाएकी थिइन्। दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का मणिराम फुयालले ११ हजार ५६६ मत पाएका थिए।
त्यस्तै, काठमाडौँबाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले ११ हजार ९५६ मत पाएका थिए। दोस्रोमा रहेका रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाएका थिए। रास्वपाले तामाङलाई समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरेको थियो। तर, उनी समानुपातिक छोडेर प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।
https://www.facebook.com/ashikatamangofficial/posts/1403430277843068?ref=embed_post
















बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया