शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

भक्तपुर । लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका पूर्वअध्यक्ष एवं शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन भएका छन् । चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएका छन भने उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरिएको हो ।
चेम्बरको महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा कुलदीप जिसी, न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्थु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध भएका छन् । महिला चेम्बर संयोजकमा भने रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएकी हुन् ।

















हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया