बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध

बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५ देखि फेब्रुअरी – १५ सम्म आगमन भिसा (भिओए) निलम्बन गरेको जनाइएको छ । भुटान र नेपाल जस्ता छिमेकी देशका नागरिकहरूले बङ्गलादेशबाट आगमन भिसा सुविधा प्राप्त गर्थे । हाललाई त्यो व्यवस्था निलम्बन गर्ने निर्णय सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरी लागु गर्ने तयारी गरिएको जनाइएको छ ।
बङ्गलादेश सरकारका एक वरिष्ठ अधिकारीले जनवरी – १५ देखि फेब्रुअरी – १५ सम्म बङ्गलादेशले एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने उल्लेख गर्दै यो नियम बङ्गलादेशबाट आगमनमा भिसा सुविधा प्राप्त गर्ने सबै देशहरूमा लागू हुने बताएका छन् ।
उनले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखि यस्तो निर्णय लिएको जनाउनु भएको छ । निर्वाचन अभियान जनवरी – २२ देखि सुरु हुने र यो समयमा पार्टीहरुले देशभरि र्याली गर्ने भएकाले सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन र निर्वाचन अवधिमा सम्भावित हिंसा रोक्न यो कदम चालेको जनाइएको छ ।
विगतका चुनावको समयमा यस प्रकारको कदम चालिएको बताइएको छ । निर्वाचन समाप्त नभए सम्म यी भिसा सेवाहरू पुन सुरु हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय संसदीय चुनाव र केही सुधारहरूमाथि सार्वजनिक जनमतसंग्रह आगामी फेब्रुअरी – १२ मा बङ्गलादेशमा हुने कार्यक्रम तय भएको छ ।
आम चुनाव र जनमत सङग्रहको नेतृत्वमा, बङ्गलादेशले आफ्नो आन्तरिक सुरक्षा उपायहरू तीव्र बनाएको छ । देश भर सेना तैनाथ गरिएको छ भने सेना बाहेक अन्य सुरक्षा बललाई पनि आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्त सतर्क रहन निर्देशन दिइएको छ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया