दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु

दक्षिणी अफ्रिकाका देशहरू दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ। धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ। सबैभन्दा बढी क्षति मोजाम्बिकमा भएको छ। त्यहाँको विपद् व्यवस्थापन निकायका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको असामान्य वर्षायामका कारण १०३ जनाको मृत्यु भएको छ।
बाढी, डुबान, पूर्वाधार भत्किनु, चट्याङ लाग्नु र हैजाजस्ता कारणले ज्यान गएको जनाइएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार मोजाम्बिकमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने हजारौं घर क्षतिग्रस्त भएका छन्। दक्षिण अफ्रिकामा उत्तरी लिम्पोपो र एम्पुमालांगा प्रान्तमा आएको बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ।
सेनाले हेलिकप्टरमार्फत छानामा र रूखमा फसेका मानिसहरूको उद्धार गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले एक साताभित्र करिब ४०० मिलिमिटर वर्षा भएको र धेरै घर पूर्ण रूपमा बगाएको बताएका छन्। प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्जमा पनि बाढीको ठूलो असर परेको छ। त्यहाँका करिब ६०० पर्यटक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। नदीहरू उर्लिएपछि पार्कका केही भाग पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन्।
जिम्बाब्वेमा भारी वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घर नष्ट भएका छन्। विद्यालय, सडक र पुलजस्ता पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ। यसैगरी मडागास्कर, मलावी र जाम्बियामा पनि बाढीको असर देखिएको छ। विशेषज्ञहरूका अनुसार यो अवस्था ला निन्या मौसम प्रणालीका कारण उत्पन्न भएको हुन सक्छ, जसले दक्षिणपूर्वी अफ्रिकामा अत्यधिक वर्षा गराउने गर्दछ। मोजाम्बिकमा मात्रै ७० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ, जसले खाद्य सुरक्षामा थप संकट सिर्जना गरेको छ।

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया