प्रियंकाको सहयोग कोषमा २२ करोड जम्मा
मेरोन्यूज
२०७८ जेठ ६ गते १२:५१

काठमाडौँ । भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि नायिका प्रियंका चोपडाले स्थापना गरेको सहयोग कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको छ । नायिका चोपडाले अनलाइनको माध्यमबाट सुरु गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उनले जानकारी गराएकी छिन् ।
उनको अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका छन् । प्रियंकाले खुशी व्यक्त गर्दै ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको बताइन् । उक्त रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिने र ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने उनले बताएकी छिन् ।
उनले, कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया