टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो ।
भारतीय टोलीका सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । उनले टोलीको इनिङ्स सम्हाल्दै तीव्र गतिमा रन जोडे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए ।
इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अविशेख शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए । अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन ।
अमेरिकाका बलर शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै हर्मित सिंहले दुई विकेट लिए भने अलि खान र मोहम्मद मसिनले एक–एक विकेट लिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया