सेयर बजारमा लगातार तेस्राे दिन गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।
आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ०९, विकास बैङ्क एक दशमलव १५, वित्त शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव २५ र लगानी समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, लघुवित्त शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ६१ र अन्य समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।


















कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया