देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
मेरोन्यूज
२०८२ फागुन १ गते १३:३७

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छिन् ।
पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गरेकी थिइन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया