सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् ।
‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गरे ।
“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालित हुनुस्”, महानिरीक्ष कार्कीले भने । उनले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तुसम्बन्धी जानकारी लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया