सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु

इटहरी (सुनसरी)। सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए ।
गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नं को मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नं को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । को २७ प ८१३४ नं को मोटरसाइकल चालक दुहबी–८ बस्ने ४५ वर्षीय सुमन राई र प्र १–०२–०५२ प ३०५९ नं का चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया