काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ
मेरोन्यूज
२०८२ फागुन ४ गते १४:०६

काठमाडौँ। जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासका २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका सातै जनालाई सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया