सोमबार, वैशाख ७, २०८३

अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति

मेरोन्यूज २०८२ फागुन ४ गते २०:४७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको उल्लेख गरिएको छ।

यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।  

पार्टीले विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य भएकोमा पनि जोड दिएको छ।

आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समेत टुँडिखेलको दृश्यबारे ‘विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका थिए । 

प्रतिक्रिया