बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।
शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।
बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ । यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।
देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी – १२ को चुनावमा जित हासिल गरेको थियो ।
रहमानले लामो समयको उथल पुथल पछि स्थिरता पुनस्र्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिवद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत भएको देशमा सबै दलहरूलाई “एकजुट रहन“ पनि आह्वान गरेका छन् ।
– ’शान्तिपूर्ण विपक्ष’
रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रहेर बेलायतमा १७ वर्षको निर्वासन पछि डिसेम्बरमा बङ्गलादेश फर्केका मानिसका लागि उल्लेखनीय परिवर्तनको सङ्केत गरेको जनाइएको छ ।
बिएनपी गठबन्धनले एक चौथाइ भन्दा बढी २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।
जमातका नेता शफिकुर रहमानले पनि इस्लामवादी पार्टीले “सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षको रूपमा काम गर्ने“ बताएका छन् ।
अपदस्त नेता हसिनाको अवामी लिग पार्टीलाई भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।
मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले भारतमा लुकेर चुनावको निन्दा गरेका थिए ।
यद्दपी भारतले बीएनपीको “निर्णायक जीत“ लाई –गहिरो तनावपूर्ण सम्बन्ध बिच उल्लेखनीय परिवर्तनको आधा भन्दै प्रशंसा गरेको जनाइएको छ ।

















पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
प्रतिक्रिया