बुधबार, फागुन ६, २०८२

प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा

मेरोन्यूज २०८२ फागुन ५ गते १४:३६

प्यूठान । प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा उभिएका छन् । सधैं पुराना पार्टीलाई जिताउँदै आएका प्यूठानी जनता फागुन २१ गतेकाे प्रतिनिधि सभाको निर्वाचनमा नयाँ बैकल्पिक शक्तिलाई मत दिने पक्षमा उभिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्यूठानको इतिहास हेर्ने हो भने राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), नेकपा (माओवादी), नेपाली कांग्रेसलाई प्रतिनिधि चुनेर पठाएका छन् । तर यसपटक भने मुलुकभरि बैकल्पिक शक्ति उदाइरहेको वेला प्यूठान पनि परिवर्तनको पक्षमा देखिएको हो । बैकल्पिक शक्तिको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिकलाई जिताउने तयारी प्यूठानमा रहेको छ ।

उही जिल्लाको वर्गमा रहेका अर्घाखाँची र रोल्पाले विकास गरिसक्दा प्यूठानको विकासले फड्को मार्न नसकेको अवस्थामा मत परिवर्तनसंग प्यूठानको परिवर्तन गर्ने पक्षमा जनता रहेको बुझिएको छ । मच्छीमा बाटोमा भेटिएका एक मतदाताले सवै प्यूठानी जनता परिवर्तनको पक्षमा रहेकोले यसपटक घण्टीमा भोट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिकलाई जिताउने बताए ।

“हामीले पुराना सबै दललाई जितेर पठायौ तर अहिलेसम्म हाम्रो प्यूठानको विकास हुन सकेन” झिमरुक मच्छीमा भेटिएका मतदाताले भने, “त्यसैले हामीले सवैले यसपटक परिवर्तन गर्न घण्टीमा मतदान गर्ने तयारीमा रहेका छौ ।”

यस्तै वागदुलामा भेटिएका अर्का मतदाता आफू भारतको हैदरावादबाट घण्टीमा भोट हाल्न प्यूठान आएको बताए । उनले पुराना नेताबाट पार नलागेकोले प्यूठानी जनताले पनि परिवर्तन खोजेको बताए ।

रास्वपाका उम्मेदवार सुशान्त वैदिकलाई जिताउने देश विदेशबाट फोन अभियान समेत संचालन गरिएको छ । विदेशमा रहेका छोराछोरीले घण्टीमा भोट हाल्न आफ्ना आमाबुवालाई निर्देशन नै दिएका छन् ।

वैदिक घण्टी बजाउँदै प्यूठानी जनताको घर दैलोमा गई मत माग्न व्यस्त रहेका छन् । प्यूठान जिल्लाका नौ वटा स्थानीय तहका ६४ वटा वडालाई केन्द्रीत गरेर बैदिक घरदैलो प्रचारमा व्यस्त रहेका छन् ।

वैदिक अर्थशास्त्री भएकोले पनि प्यूठानी जनताले प्यूठानको मुहार फर्ने रुपमा लिएका छन् । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्रीद्वय डिल्ली चौधरी र जोगबहादुर महरासँग अर्थविद्का रूपमा काम गरिसकेका वैदिकले प्यूठानको विकास गर्ने मोडल अघि सारेका छन् ।

प्रतिक्रिया