बिहीबार, फागुन ७, २०८२

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

मेरोन्यूज २०८२ फागुन ७ गते ८:३८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको साहस, त्याग र बलिदानले जहानिया राणा शासनको अन्त्य गरी स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले हरेक फागुन ७ ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने तथा विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रिय धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न जिम्मेवारी बोध गराउने उल्लेख गरेका छन् ।

उनले यस ऐतिहासिक दिनबाट प्रेरणा लिएर सबैलाई जागरूकतापूर्वक अघि बढ्न आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया