एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा

काठमाडाैं । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
काठमाडौंमा बिहिबार सार्वजनिक गरिएको घोषणा पत्रमा युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिने प्रतिबद्धता जनाइएको छ । घोषणापत्रमा भनिएको छ, ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं ।’
यस्तै सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवर्द्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ । यसले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।


















राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया