नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु

जानकी (बाँके)। नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन् ।
यस क्षेत्रमा साइकलिङलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर् याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।
आयोजकका अनुसार महोत्सवको पहिलो दिन वाटरपार्क, कान्तिताल, सिद्धिविनायक लायन्स पार्क हुँदै कोहलपुरमाको खडगवार हात्तिसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तालउको भ्रमण गरी गाभर भ्यालीमा टोली पुग्नेछ । साइकल र्यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गर्नेछ । आयोजनका अनुसार साइक्लिस्टले नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवद्र्धन गर्नेछन् ।
कार्यक्रममा स्वदेशी तथा विदेशी साइक्लिस्टहरुको सहभागिता छ । साइकल यात्राले पर्यटन प्रवद्र्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ । महोत्सवमा २५० जना साइक्लिस्टको सहभागिता छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया