दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाल्ने योजनाकार भन्दै नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई कटाक्ष गरेका छन्।
शुक्रबार रास्वपाले दाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई छलछाम गरेर संसद्बाट निकालेको आरोप लगाए। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लागेपछि संसद्ले उनी निलम्बनमा परेको सूचना निकालेको थियो। त्यतिवेला एमाले नेता देवराज घिमिरे सभामुख रहेका थिए।
रास्वपाले चुनावी सभा गरेको घोराही दाङ क्षेत्र नम्बर-२ मा पर्छ । जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन् ।
सभापति लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्बाट निकालेको टिप्पणी गरे । ‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’आफूलाई जेल पुर्याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे ।
‘सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु,’ लामिछानेले भने ।
















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया