निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मेरोन्यूज
२०८२ फागुन ११ गते २०:०१

सुदूरपश्चिम, ११ फागुनः आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमानाकामा यही फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने जनाएकाे छ ।
एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधन भने सञ्लालन हुने विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया