झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पूर्वसभामुख देवराज घिमिरेको सभामुख कार्यकाललाई लिएर टिप्पणी गरेका छन् । झापा २ मा पुगेका लामिछानेले घिमिरेले सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाए ।
रविले भने, ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । हामीले जनताको पक्षमा बोल्दा, नेपाली जनतालाई भिजिट भिसामा लाखौँ रूपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौँ । हामीले जनताको आवाज बोल्यौँ । तर, कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख, त्यो माइक काटिदिनुभयो । मैले रास्वपालाई गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन । हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए ।’
उनले संसदमा रास्वपाका २१ जना सांसदलाई गलहत्याएर बाहिर निकालिएको घटना स्मरण गर्दै जनताको आवाज दबाउन खोजिएको आरोप लगाए ।
आफ्नो सांसद पद गुमेको सन्दर्भ जोड्दै लामिछानेले भने, ‘संसद नियमावलीले थुनामा नरहेको मान्छेको पद निलम्बन हुँदैन भन्छ, तर उहाँलाई बाको आदेश जनताको आदेशभन्दा ठूलो भयो । दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्याएर संघीय संसदबाट निकालियो, तर जनताको मनबाट निकाल्न सक्नुभएन ।’

















सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना
आमा बनिन् काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया