विदेश पढ्न जाने विद्यार्थीले अब भिसालगायत शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाट तिर्न सक्ने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरू अब मुक्तिनाथ विकास बैंकबाट तिर्न सक्ने सेवा सुरुवात गरेको छ ।
एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रालि महाराजगञ्ज र मुक्तिनाथ विकास बैंकबीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानीसम्बन्धी सेवा सुरु गरिएको हो ।
यस सेवाअन्तर्गत उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली बिद्यार्थीहरूले भिसा शुल्क, स्याट, सेभिस शुल्क, पीटीई परीक्षा शुल्क, आवेदन शुल्क र जीम्याटलगायतका शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्नेछन् । यो सेवा हालका लागि बैंकको महाराजगञ्ज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको बैंकले जनाएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसानेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुका साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
















President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया