शुक्रबार, फागुन १५, २०८२

देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो : बालेन

मेरोन्यूज २०८२ फागुन १५ गते १५:४०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै’ चल्नुपर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन छ कारखाना छ, खानी छ,’ बालेनले भने, ‘यो देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री, जस्तै देशभर जानुपर्‍यो । रास्वपा त्यसरी उद्योग कलकारखाना चलाउने पार्टी बन्न चाहन्छ ।’

प्रतिक्रिया