गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने

गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
‘दुई पार्टीबीच मिलेर जाने समझदारी बन्यो पार्टीले त्यहिअनुसार निर्णय गर्यो,’ खत्रीले ।प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाईसहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।
यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासँग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।
उनले यसपटक पनि उम्मेदवारी दर्ता गरेका थिए तर पछि उम्मेदवारी फिर्ता लिए ।
गाेरखामा सहयाेगका बदलामा कुनै एक निर्वाचन क्षेत्रमा प्रलाेपाका उम्मेदवारलाइ सघाउन कांग्रेससँग प्रलाेपाले माग गरेकाे छ । तर कांग्रेसले स्पष्ट जवाफ नदिएकाे स्राेतले बतायाे ।

















चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
जापानले सैन्यवाद तर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह
अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छः सभापति थापा
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया