कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार डम्बरबहादुर रावल प्रतिस्पर्धाबाट पछि हटेका छन् ।
प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी निस्क्रिय पार्दै एमाले उम्मेदवार सुर्यबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
दुई दलबीचको सहमतिअनुसार प्रत्यक्षतर्फ प्रलोपा एमालेका उम्मेदवार थापालाई समर्थन गर्ने र समानुपातिकतर्फ भने दुवै दलले आ-आफ्नो चुनाव चिह्नमा मत माग्ने निर्णय गरेका छन् ।
याे क्षेत्रमा प्रलाेपाकाे प्रभाव क्षेत्र मानिन्छ । प्रलाेपाकाे समर्थनसँगै एमालेका उम्मेदवारलाइ जित सहज भएकाे आँकलन गरिएकाे छ ।
सहमति कार्यक्रममा प्रलोपा केन्द्रीय सदस्य तथा यस क्षेत्रबाट पूर्व संविधानसभा सदस्य भगत बडूवालले पार्टी नेता कार्यकर्ताको भावनाअनुसार निर्णय गरिएको बताए । ‘देश गम्भीर मोडमा छ । विभिन्न शक्तिहरू सक्रिय भइरहेका बेला संविधान र राष्ट्रिय अस्मिताको रक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै हामी यो निर्णयमा पुगेका हौं’, बडूवालले भने ।
त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले आजको सहमतिले कैलाली-२ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेकी छन् । यसले यहाँ एमालेको जितलाई अझ बलियो बनाएको छ’, उनले भनिन् ।
प्रलोपा उम्मेदवारको समर्थनपछि सूर्यबहादुर थापाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । थापाले विकास र समृद्धिका लागि विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई सहकार्यका लागि आह्वान गरे ।

















अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छः सभापति थापा
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया