अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’

न्यूयोर्क(अमेरिका) । आप्रवासीका रुपमा विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकतावद्ध गराउने अभिप्रायले छाता संस्थाको रुपमा हामी नेपाली इन्टरनेशनल स्थापना भई संचालनमा आएको छ ।
गैरनाफामुखी संस्थाको रुपमा अमेरिकाको न्यूयोर्कमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारा सहित संचालनमा आएको हो ।
संस्थाको अध्यक्षमा नवराज केसी, प्रेसिडेन्ट इलेक्ट मोहन वाईवा, महासचिव सुर्य सिंमखडा, उपाध्यक्षहरुमा इन्दिरा त्रिपाठी, बसन्ती राई, जनक भण्डारी, बृहस्पती लामा, कोषाध्यक्ष डा. राम खडका, बोर्ड सदस्यहरुमा अर्विन पौडेल, रुद्र कार्की क्यान्डा, अंकुर लुईटेल, असोक ज्ञवाली, गेग्ये योङयाल रिम्पोछे, मेरिना पराजुली, श्याम कार्की, पासाङ लामा, पूर्ण बहादुर भुजेल मगर, बिजय पुन दुबाई, धु्रब कुमार खत्री, कानुनी सल्लाहकार गिरिजा गौतम, इन्टरनेशनल ओम्यान कोअर्डिनेटर सुस्मा कार्की, इन्टरनेशनल मिडिया कोअर्डिनेटर मनोज बस्नेत, इन्टरनेशनल युथ कोअर्डिनेटर जोन लामा, इन्टरनेशनल मिडिया रिपोर्टर बेगाम पण्डित रहेका छन् ।
त्यसैगरी सल्लाकार काउन्सिलमा डा. राजन थपलिया, डा।श्याम कार्की, लक्ष्मी भट्ट, स्कट डिलिसी (नेपालका लागि पूर्व अमेरिकी राजदुत), डा. तुलसा थापा र केदारप्रसाद घिमिरे रहेका छन् ।
‘आप्रवासी नेपालीका रुपमा संसारभर छरिएर रहेका नेपालीहरुलाई एकजुट गराउन यो संस्था स्थापना गरेका हौं’ संस्थाका अध्यक्ष नवराज केसीले भने ‘छिट्टै अमेरिका बाहेकका विभिन्न देशहरुमा पनि संस्थाको शाखाहरु स्थापना गर्ने कामहरु अगाडी बढाउनेछौं ।’
















सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया