ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाले निर्वाचनमा खटिन नपाएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि भने छुट्टै दुई स्थानमा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा एक लाख ३१ हजार ५४९ महिला र एक लाख एक लाख ३७ हजार ७०७ पुरुष गरी कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
















पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया