तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?

साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ ।
साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ ।
स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै एएफपीसँग भनेको छ, “यो इरानको नेतृत्वले अरामकोमाथि प्रत्यक्ष आक्रमण गरेको हो वा गलत लक्ष्यमा ड्रोनले आक्रमण गरेको हो भन्ने कुरामा निर्भर पर्छ ।
स्रोतले भनेको छ, “मलाई लाग्छ कि यो चरणमा साउदी अरबले हेर्नेछ र पर्खनेछ।”
यदि इरानले साउदी अरबका तेल कम्पनीहरू विरुद्ध लक्षित अभियान सुरु गरेको रूपमा हेरियो भने सैन्य प्रतिशोध एक सम्भावित विकल्प हुनेछ। साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।
स्रोतका अनुसार यदि इरानले अरामकोमाथि आक्रमण गर्यो भने साउदी अरबले इरानका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछ ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया