सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको छ । “द्रुत प्रतिकार्य टोलीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निर्वाचनमा घाइतेको उपचार, एम्बुलेन्सको समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने काम गर्छ । अस्पतालमा रहेका चिकित्सक रहेको चिकित्सकको टोलीले घाइतेको उपचार गर्नेछ”, प्रवक्ता डा. बुढाथोकीले भने ।
उनले निर्वाचनका दिन अस्पतालले बहिरङग सेवा सञ्चालन नगरी आकस्मिक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए।
यस्तै, मन्त्रालयले ७७ जिल्लामा रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
















गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया