चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन ।
भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका सङ्कलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
सङखुवासभा निर्वाचन क्षेत्र नं १, गोरखा क्षेत्र नं १, मुगु क्षेत्र नं १ र धनुषा क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन । सङ्खुवासभामा मतपेटिका सङ्कलन भएको र सर्वदलीय बैठक बसेर केही समयमै मतगणना प्रारम्भ गर्ने तयारी छ ।
गोरखा १ मा पनि दुर्गम क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मटपेटिका सदरमुकाम ल्याइएको छ । त्यस्तै मुगुमा पनि मटपेटिका सङ्कलन हुनेबित्तिकै गणना गर्ने तयारी छ ।
धनुषा निर्वाचन क्षेत्र नं १ भने मतगणनाका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास जारी रहेको र केही समयमै गणना प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया