आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै

आईसीसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्यु जिल्यान्ड भिड्दै छन्।
अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल फाइनल आइतबार साँझ सवा ७ बजे सुरु हुनेछ। घरेलु मैदानमा हुने विश्वकपको फाइनलमा भारतिय क्रिकेट टोली नयाँ इतिहास लेख्न आतुर छ।
आइतबार हुने फाइनलमा भारतले न्यु जिल्यान्डलाई पराजित गरे आईसीसी पुरुष टी–२० विश्वकप जित्ने पहिलो आयोजक राष्ट्र, उपाधि रक्षा गर्ने पहिलो टोली र तिन विश्वकप जित्ने पहिलो टोली बन्नेछ ।
भारतले बिहिबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो।
सन् २००७ देखि सुरु भएको विश्वकपको दशौँ संस्करणको आयोजना भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्। अर्को विश्वकप आयोजक टोली श्रीलंका सुपर ८ बाटै बाहिरिएको थियो।
भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो । न्यु जिल्यान्डले भने बुधबार भएको पहिलो सेमिफाइनलमासाविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया