अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभा हलका साथै विभिन्न संरचनाको अवस्थाका बारेमा जानकारी लिए । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टिपर्पोज हललाई तयार गर्न लागिएको छ ।
अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणका लागि बनिरहेको मल्टिपर्पोज हलको प्रगतिका बारेमा जानकारी लिए ।
सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टिपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिनेछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक कक्षहरु तयार हुन भने अझै केही समय लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधिसभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिनुभयो ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया