‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड

काठमाडाैं । बलिउड फिल्म “धुरन्धर: द रिभेन्ज” ले रिलिज हुनुभन्दा अगाडि नै बक्स अफिसमा १०० करोड रुपैयाँ कमाइसकेको छ। फिल्मले विश्वव्यापी अग्रिम बुकिङ (प्रि-सेल्स) मा १०० करोड रुपैयाँको आँकडा पार गरेको छ।
शनिबारको व्यापारको अन्त्यसम्ममा, फिल्मको कुल विश्वव्यापी अग्रिम सङ्कलन लगभग १०१ करोड भारु थियो, जसमा ४४ करोड भारतबाट र ५७ करोड विदेशी बजारबाट आएको थियो।
बाहुबली २ को रेकर्ड तोड्यो
यो फिल्मले विदेशी बजारमा ठूलो चर्चा पाइरहेको छ। “धुरन्धर” ले बलिउडमा मात्र नभई सम्पूर्ण भारतीय सिनेमामा प्रि-सेल्स रेकर्ड तोडेको छ। अष्ट्रेलियामा, फिल्मले १.०५ मिलियन अस्ट्रेलियन डलर कमाएको छ, जसले “बाहुबली: द कन्क्लुजन” को वर्षौं पुरानो रेकर्ड तोडेको छ।
विदेशी बजारमा फिल्मको माग यति बलियो छ कि धेरै स्थानका थिएटरहरू पहिले नै हाउसफुल भएका छन् । उत्तर अमेरिकामा अग्रिम बुकिङ लगभग ३.४० मिलियन डलर पुगेको छ।
चाँडै नै यो ४ मिलियन देखि ५ मिलियन डलर सम्म पुग्ने व्यापार विज्ञहरूहरुकाे अनुमान छ। ठूलो दर्शक उपस्थितिलाई ध्यानमा राख्दै, वितरक र प्रदर्शकहरूले सोमबार र मंगलबार फिल्मको लागि थप प्रदर्शनहरू थप्ने तयारी गरिरहेका छन्।
विश्वभर फिल्मको अग्रिम बुकिङ सजिलै १५० करोड भारु नाघ्ने निर्माण टीकाे भनाइछ छ। यदि फिल्मले भारतमा अपेक्षाकृत प्रदर्शन गर्यो भने, प्रि-सेल्स २०० करोड पनि पुग्न सक्ने उनीहरु बताउँछन्।
यसअघि “पुष्पा २,” “लियो,” र “आरआरआर” जस्ता चलचित्रहरू यो आंकडाको नजिक पुगेका थिए। यदि “धुरन्धर” यो आंकडामा पुग्यो भने यो रेकर्ड बन्नेछ।
यसअघि, फिल्म धुरन्धरको पहिलो भागले भारतीय र अन्तर्राष्ट्रिय बक्स अफिसमा असाधारण रूपमा राम्रो प्रदर्शन गरेको थियो। फिल्मले विश्वव्यापी रूपमा लगभग १,३०३ करोड भारु कमाएको थियो।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया