लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ। त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।
केन्द«ीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको उक्त समाचार कक्षले जनाएको छ ।

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया